धनुषाधाममा आदर्श बचत तथा ऋण सहकारीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ मा अवस्थित आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारण सभा अध्यक्ष रोहित यादवको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि धनुषाधाम नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जय नारायण यादव रहनुभएको थियो। उहाँले सहकारीले स्थानीय स्तरमा आर्थिक सशक्तीकरण र आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
साधारण सभामा संस्थाका अध्यक्ष रोहित यादव, पूर्व वडा अध्यक्ष परिक्षण यादव, पत्रकार मुकेश कुमार ठाकुर, कमलनयन भट्टराई, वडा सदस्य धनवीर यादव, निराजन सिंह, सुशीला दुसिहुलिया तथा संस्थाका प्रबन्धक सरोज कुमार यादव लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा अर्थना कु.सिंह , रामनाथ यादव , रामखेलावन यादव, दिनेश कुमार यादव, साधुशरण यादव, मनिष सिंह, मञ्जु देवी, प्रमिला देवी मुखिया, राजिन्दर पण्डित, अस्बिर मण्डल र निराजन कुमार सिंह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। सहभागीहरूले सहकारीलाई अझ पारदर्शी, प्रभावकारी र सदस्यमुखी बनाउँदै लैजान सुझाव दिएका थिए।
साधारण सभाको सञ्चालन सञ्जीव कुमार सिंहले गर्नुभएको थियो।
सहकारीले आगामी दिनमा सदस्यहरूको आर्थिक उन्नतिका लागि बचत, ऋण तथा सीपमूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
धनुषाधाममा आदर्श बचत तथा ऋण सहकारीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




