रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुष मन्दिरमा पृथ्वी जयन्तीको अवसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

धार्मिक तथा ऐतिहासिक पर्यटन नगरी मधेस प्रदेशको धनुषा जिल्लाअन्तर्गत धनुषाधाम नगरपालिका–३ मा अवस्थित प्रसिद्ध धनुष मन्दिर परिसरमा आज बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेना विष्णुदल गण महेन्द्रनगरद्वारा आयोजना गरिएको सरसफाइ कार्यक्रममा विभिन्न सुरक्षा निकाय, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली सेना विष्णुदल गण महेन्द्र, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषाधाम, धनुषाधाम नगरपालिका वडा नं.३ का वडा अध्यक्ष जयनारायण यादव, वडा नं.२ क वडा अध्यक्ष लक्ष्मी साह, धनुषाधाम विकास संस्था, इलाका प्रहरी कार्यालय धनुषाधाम, रेडियो धनुष ९९.७ मेगाहर्ज, धनुष जनता माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद यादव, सुनिल यादव, दिपेश मण्डल तथा स्थानीय बुद्धिजीवीहरूको सक्रिय सहभागिता रहेको थियो।
साथै, कार्यक्रममा नेपाली सेनाका मेजर मञ्जु कुँवर, सशस्त्र प्रहरी निरीक्षक गणेश कुमार बोहरा, सतेन्द्र ठाकुर, धनुषाधाम उद्योग वाणिज्य संघका संयोजक एवं पत्रकार मुकेश कुमार ठाकुर, अभियन्ता प्रमोद कुमार यादव, शिव यादव, उज्यालो भविष्य अभियानका संयोजक एवं रेडियो धनुषका पत्रकार नागेन्द्र महरा तथा वरिष्ठ समाजसेवी एवं रेडियो धनुषका सल्लाहकार कमलनयन भट्टराईको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, सरसफाइ र प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी हुने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। सरसफाइ कार्यक्रमले धनुष मन्दिर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर