रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रामपुर दलित बस्तीका ११६ बालबालिकालाई न्यानो कपडा वितरण

[sharethis-inline-buttons]

नागेन्द्र महरा, धनुषा।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ रामपुरस्थित दलित बस्तीमा आज बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।
कल्चरल भिलेज टिमको विशेष पहलमा ऋीऋ उज्यालो भविष्य अभियान अन्तर्गत अध्ययनरत बालबालिकालाई आज बिहान कपडा वितरण गरिएको हो।
जाडो मौसमलाई मध्यनजर गर्दै एक सय सोरह जना बालबालिकालाई एक–एक थान स्वेटर सेट, जुत्ता र मोजा प्रदान गरिएको थियो। यस सहयोगले बालबालिकामा अध्ययनप्रति थप उत्साह बढ्ने अपेक्षा गरिएको छ।
कपडा वितरण कार्यक्रममा कल्चरल भिलेज टिमबाट रस्सिलाल पण्डित, साधना भट्टराई, सुबोध आचार्य र सीता पौडेल तथा ऋीऋ उज्यालो भविष्य अभियानका शिक्षकहरू सरोज महरा, दीपक महरा र कमल महराको उपस्थिति रहेको थियो।
यस प्रकारको सामाजिक कार्यप्रति रामपुरका स्थानीयवासीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै कल्चरल भिलेज टिमको प्रशंसा गरेका छन्। उज्यालो भविष्य अभियानी नागेन्द्र महराका अनुसार बालबालिकालाई गरिएको यो सहयोग अत्यन्तै प्रशंसनीय रहेको छ र यसले दलित तथा गरिब बस्तीका बालबालिकालाई पढाइमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर