जनकपुरधाम । जनता समाजबादी पार्टी नेपाल जनकनन्दनी गाउँपालिका वडा नम्वर–३ का अध्यक्ष एवम् २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी विजय पासवानसहित दर्जनौं नेताकार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जनकपुरधाममा आज नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य एवं प्रदेश सांसद लखन दासले पासवानलाई गम्छा र टिका लगाई पार्टीमा स्वागत गरेका हुन् ।
उक्त कार्यक्रममा पासवानले एमाले विचार अवलम्वन गर्दै आम नेपाली जनताको हितमा काम गर्ने पार्टी भएकोले आफू एमालेमा प्रवेश गरेको बताए ।
तपाईको प्रतिक्रिया




