रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

ब्रह्मचारी बाबा प्रतिष्ठानद्वारा आयोजित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा श्री मोहन मा.वि. प्रथम

[sharethis-inline-buttons]

 

रामनारायण ठाकुर,२०८२ पुस ३० गते बुधबार
मिर्चैया, सिरहा। श्रीश्री १००८ श्री दामोदरानन्द ब्रह्मचारी बाबा प्रतिष्ठानद्वारा आयोजित नगरस्तरीय सामुदायिक विद्यालय (कक्षा १–५) बीचको हाजिरीजवाफ प्रतियोगिता–२०८२ मा श्री मोहन माध्यमिक विद्यालय, मिर्चैया प्रथम हुन सफल भएको छ।
श्री दामोदरानन्द ब्रह्मचारी बाबाको १५३औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त प्रतियोगिता मिर्चैया नगरपालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयका प्रा.वि. (कक्षा १–५) तहका छात्र–छात्राबीच श्री मोहन मा.वि. मिर्चैयाको प्राङ्गणमा सम्पन्न भएको हो।
प्रतियोगितामा प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी (२ छात्र र १ छात्रा) सहभागी थिए। प्रतियोगिताका लागि कक्षा १ देखि ५ सम्मका विषयवस्तु तथा सामान्य ज्ञान समेटी ६८ वटा प्रश्न समावेश गरिएको प्रश्नपत्र तयार पारिएको थियो।
प्रश्नपत्र निर्माण मिर्चैया नगरपालिका शिक्षा शाखाका ओमप्रकाश ठाकुर , प्रतिष्ठानका महासचिव भगवान बाबु साह र पूर्व स्रोत व्यक्ति महेन्द्र यादवले गर्नुभएको थियो।
प्रतियोगिताको नतिजाअनुसार श्री मोहन मा.वि. मिर्चैयाले १० अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी जनचेतना आधारभूत विद्यालय, मल्हनिया खोरीले ६ अंकसहित द्वितीय तथा श्री राजेश्वरी आधारभूत विद्यालय, मटलेश्वरले ५ अंकसहित तृतीय स्थान प्राप्त गरेका छन्।
त्यस्तै श्रीबाजु माध्यमिक विद्यालय, फुलबरीयाँ र देउराली प्राथमिक विद्यालय, घुर्मीले ४–४ अंक प्राप्त गरी सान्त्वना पुरस्कार पाएका छन्।
प्रतिष्ठानले प्रतियोगिताका विजेताहरूका लागि पुरस्कारको व्यवस्था गरेको छ। प्रथम पुरस्कार रु. २१००, द्वितीय रु. १५००, तृतीय रु. १२०० तथा सान्त्वना पुरस्कार रु. ९०० सहित प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी विद्यार्थी तथा प्रतिनिधि शिक्षकहरूका लागि खाजाको समेत व्यवस्था गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रम ब्रह्मचारी बाबाको १५३औँ जन्मजयन्तीको दिन २०८२ माघ १ गते बिहान ८ बजे आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनुभयो।
प्रतियोगितामा सहभागी विद्यालयहरूमा श्री राजेश्वरी आ.वि. मटलेश्वर, देउराली प्रा.वि. घुर्मी, आ.वि. मटियर्वा, श्री मोहन मा.वि. मिर्चैया, जनता मा.वि. सितापुर, आ.वि. गधवा, आ.वि. पिपरा, मा.वि. राघोपुर, श्री आ.वि. मल्हनिया खोरी–५, श्री आ.वि. महदेवा, श्री जनचेतना आ.वि. मल्हनिया खोरी–२, श्री आ.वि. कुथनमा, श्रीबाजु मा.वि. फुलबरीयाँ, श्री आ.वि. सिक्रोना–५, श्री जनता आ.वि. भगवानपुर महरबोना, श्री आ.वि. सिक्रोना–३ र श्री आ.वि. रमपुरा–९ रहेका छन्।
उक्त जानकारी प्रतिष्ठानका सचिव रामसागर ठाकुरले दिनुभएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर