धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–४ मा उज्यालो भविष्य अभियानद्वारा सञ्चालित निःशुल्क ट्युशन कार्यक्रममा अध्ययनरत बालबालिकालाई होप मिसन नेपालले शैक्षिक सामग्री तथा टोपी वितरण गरेको छ।
शैक्षिक सामग्री वितरण कार्यक्रम संयोजक सरोज महरा र दीपक महराको संयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष तथा समाजसेवी मनोज कुमार यादव रहनुभएको थियो भने विशिष्ट अतिथिमा शिक्षक तेजनारायण यादव, इन्जिनियर महेश यादव तथा होप मिसन नेपालका डाइरेक्टर जोन योन्जन सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा अमित महरा, शिक्षक, अभिभावक तथा स्थानीय अगुवा नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानका संयोजक नागेन्द्र महराका अनुसार कार्यक्रममा जम्मा १४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
बालबालिकाको शैक्षिक प्रोत्साहनका लागि गरिएको यो सहयोगले अध्ययनप्रति उनीहरूको उत्साह थप बढ्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।
धनुषाधाममा निःशुल्क ट्युशनमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




