महोत्तरी — एकडारा गाउँपालिका वडा नम्बर २ बेलामा प्रदेश ०१–०२५ च ००२४ नम्बरको गाडी चेकजाँचका क्रममा क्षेत्र नम्बर ३ का आँप छापका उम्मेदवार रामआधार कापर नगदसहित पक्राउ परेका छन्।
स्थानीय जनताले शंकास्पद गतिविधि देखेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन्। त्यसपछि प्रहरीले गाडी खानतलासी गर्दा नगद रकम फेला परेको स्रोतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
तपाईको प्रतिक्रिया




