सर्लाही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ को मतगणनाको ताजा परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवारले उल्लेख्य अग्रता लिएका छन्। शनिबार बिहान ०७:०० बजेसम्मको मत परिणामअनुसार घण्टी चुनाव चिह्नले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
दोस्रो स्थानमा नेपाली कांग्रेस (रूख) ले ६ हजार ९५२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेकपा एमाले (सूर्य) १ हजार ९६७ मतसहित रहेको छ।
त्यस्तै, जनमत पार्टी (हर्न) ले ८४० मत, नेपाल कम्युनिष्ट पार्टी (तारा) ले ४८९ मत, जसपा नेपाल (छाता) ले ३६ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले २० मत प्राप्त गरेका छन्।
यसैगरी, अहिलेसम्म १ हजार ८७ बदर मत परेको छ। मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
सबैको ध्यान अहिले सर्लाही–४ को मतगणनातर्फ केन्द्रित भएको छ।
सर्लाही–४ मा घण्टीको ठूलो अग्रता, कांग्रेस–एमाले पछि
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




