रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतले विजयी

म्याग्दीमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्। पुनले २२ हजार ८५० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत पाए। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत र नेपाल कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्। जिल्लामा कुल ८६ हजार ३९७ मतदातामध्ये ४६ हजार २१५ मत खसेको थियो भने औपचारिक घोषणा हुन बाँकी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर