धनुषा। धनुषाको सहिदनगर नगरपालिका–१, कुम्भकरणस्थित दुर्गा मन्दिरमा नगर प्रमुख दिनेश प्रसाद यादवले दसैँको अवसरमा नगरवासीलाई टीका र जमरा लगाइदिनुभएको छ।
दुर्गा भगवतीको पूजाआराधनापछि आयोजित कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा नगर प्रमुख यादवले नगरवासीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया






