२३, फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।
यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो ।
लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।
तपाईको प्रतिक्रिया




