रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सिंहदरबारमा सरसफाइ , मन्त्रालयका केही काम केशरमहलबाट पनि गर्छौं : सचिव चूडामणि पौडेल

[sharethis-inline-buttons]

भदौ २८ जनकपुरधाम । सिंहदरबार परिसरभित्र आगजनी भएका मन्त्रालयमा सरसफाइको काम सुरु भएको छ । अहिले शिक्षा मन्त्रालयका कर्मचारीहरु टुटफुट भएका र जलेका सामान पन्छाउने अनि बढारकुडार गर्ने काममा व्यस्त छन् । क्षति आँकलन गर्ने र मर्मत सम्भार गरी पुन सेवा सुरु गर्न तयारी सुरु गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । शिक्षा मन्त्रालयले सिंहदरबार र केशरमहल दुवै क्षेत्रबाट सेवा दिने जनाएको छ । ‘सिंहदरबारमा सरसफाइ भइरहेको छ । मन्त्रालयका केही काम केशरमहलबाट पनि प्रवाह गर्छौं,’ शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले भने । भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो । सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा केही महाशाखा वा शाखा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । सरसफाइ गरेर काम गर्न मिल्ने ठाउँलाई प्रयोग गर्ने र ठाउँ अपुग भएकाको हकमा केशरमहलमा राखेर काम गर्ने मन्त्रालयको तयारी छ ।सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने ,शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर