रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

[sharethis-inline-buttons]

भदौ ३१ जनकपुरधाम । यसवर्षको मनसुन शुरू भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाउँदै आइएको बीपी राजमार्ग भोलिदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा हिजो बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दशैँँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।बीपी राजमार्गमा असार पहिलो हप्तादेखि रातिको समयमा गाडी आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर