धनुषा, धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरामा एक विशेष समारोहबीच स्थानीय युवा इन्जिनियर सन्जित यादवले श्री कुम्हरा युवा क्लबलाई २० थान खुर्सी सहयोग गरेका छन्। उनले सो खुर्सी क्लबका अध्यक्ष तथा पत्रकार मुकेश कुमार ठाकुरलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा क्लबका सल्लाहकार जगत नारायण मरिक यादव, पवन यादव,मनोज बनरैत, मंगनिया यादव, राकेश यादव, प्रदीप यादव, प्रमेश्वर यादव, सौखिलाल यादव, महेन्द्र गोहिवार, बिल्टु मण्डल, रामदेव मण्डल, रमेश्वर यादवलगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा अध्यक्ष ठाकुरले भवनको रङ्गरोदन तथा सौन्दर्यकरण आवश्यक रहेको उल्लेख गर्दै अझ फर्निचरको अभाव रहेको कारण विभिन्न संस्था र सहयोगीहरूलाई सहयोगका लागि आग्रह गर्नुभयो। उहाँले श्री कुम्हरा युवा क्लबले समुदायमा एकता, सरसफाइ र सामाजिक चेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

							
                

				
																			
																			
																			
																			
																			
																			
