नाई सहयोग संस्था नेपाल धनुषाको नयाँ कार्यालय उद्घाटन, नगर प्रमुखद्वारा भवन निर्माणका लागि बजेटको आश्वासन दिनुभएको हो।
धनुषा । नाई सहयोग संस्था नेपालको धनुषास्थित नयाँ कार्यालय मिथिला नगरपालिका–३ लालमती हरिहरपुरमा उद्घाटन गरिएको छ। बाबा हरिहरनाथ मन्दिरको धर्मशालाको माथिल्लो तल्लामा स्थापना गरिएको कार्यालयको उद्घाटन मिथिला नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोगी महतोले गरेका हुन्।
उद्घाटन कार्यक्रममा प्रमेवा कर, चन्देश्वर ठाकुर, गंगा मेहता, सुरेश कुमार महतो, सिचा क्यापड्याई, राम जतन ठाकुर, राजेन्द्र ठाकुर, राधा देवी ठाकुर, बहुए ठाकुर, दिलीप ठाकुर, दुर्गा प्रसाद शर्मा, वाम चन्द ठाकुर, रामचन्द्र हाँका, भार ठाकुर, मुकेश ठाकुर धनुष एफएम, राजकिशोर ठाकुर सिराहा, पुने ठाकुर, राम करन ठाकुर, मनोज कुमार ठाकुर तथा पत्रकार मुकेश कुमार ठाकुर रेडियो धनुष ९९.७ मेगाहर्ज लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संस्थाका राष्ट्रिय अध्यक्ष चन्देश्वर ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख जोगी महतोले संस्थाको आगामी गतिविधिलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले भने—
“कुन वडामा भवन बनाउनुहुन्छ, अकिन गरेर सिफारिस गराइ ल्याउनुस्। जग्गा उपलब्ध गराइदिन्छु, र आउने आर्थिक वर्षमा भवन निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरेर सहयोग गर्नेछु।”
उनको यस्तो प्रतिवद्धताले उपस्थित सबैलाई उत्साहित बनाएको थियो। अध्यक्ष चन्देश्वर ठाकुरले पनि कार्यालय स्थापना संस्थाको सामाजिक सेवा, समुदायिक सहयोग र स्थानीय विकासका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।




