धनुष टिभी,धनुषा।
नेपाल प्रहरीले सक्रियता देखाएमा अपराध नियन्त्रण सम्भव हुने उदाहरणका रूपमा धनुषाबाट चोरी भएको एक स्कुटी २४ घण्टा नबित्दै फेला परेको छ।
धनुषा अन्तर्गत मिथिला नगरपालिका–ढल्केवरबाट चोरी भएको उक्त स्कुटी १३ गते राति करिब ११:४५ बजे धनुषाधाम नगरपालिका–९ धारापानीस्थित स्कुलटोल नजिक सडक छेउमा रहेको एक घरको पछाडितर्फ पार्क गरी राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय यज्ञभूमि, धनुषाबाट सहायक हवल्दार रामबाबु यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले नियमित गस्तीका क्रममा स्कुटी फेला पारेको हो।
प्रहरीका अनुसार स्कुटी फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई बुझाउने तयारी भइरहेको छ।
चोरी घटनाबारे थप अनुसन्धान जारी रहेको र दोषी पहिचानका लागि प्रहरी सक्रिय रहेको जनाइएको छ। उक्त घटनाले प्रहरीको सतर्कता र सक्रियताले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट सन्देश दिएको छ।
प्रहरीले चाहे अपराध नियन्त्रण सम्भवः चोरी भएको स्कुटी २४ घण्टाभित्र फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




