रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषा–३ फुलगामा मतदान केन्द्रमा ४१% मतदान, महिला मतदाताको सहभागिता उच्च

[sharethis-inline-buttons]

धनुषा — प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको रा.प्रा.वि. फुलगामा मतदान केन्द्रमा दिउँसो १ बजेसम्म कुल ११८६ मत खसेको छ।

प्राप्त विवरण अनुसार महिला मतदाता ८४१ र पुरुष मतदाता ४४५ छन्। यसरी गणना गर्दा हालसम्म करिब ४१ प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन्।

विशेषत: महिला मतदाताको सहभागिता पुरुष भन्दा उल्लेखनीय रूपमा बढी देखिएको छ। मतदान केन्द्रमा शान्तिपूर्ण वातावरण कायम रहेको र मतदाता उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर