रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

म्यारिगोल्ड एकेडेमीमा राखी बाँध्ने कार्यक्रम सम्पन्न

धनुषाको धनुषाधाम नगरपालिका–७ स्थित म्यारिगोल्ड एकेडेमी +२ मा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व रक्षाबन्धन (राखी) को अवसरमा विद्यार्थीहरूबीच राखी बाँध्ने कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा छात्रा तथा छात्रहरूले एक–अर्कालाई राखी बाँध्दै आपसी प्रेम, सद्भाव, सहयोग र भाइचाराको भावना साटासाट गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई रक्षाबन्धन पर्वको सांस्कृतिक तथा सामाजिक महत्वबारे समेत जानकारी गराइएको थियो। विद्यालयले यस्ता सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धप्रति सम्मानको भावना विकास गर्न सहयोग पुग्ने जनाएको छ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीहरूले एक–अर्काको सुख, शान्ति, समृद्धि र सफलताको कामना गरेका थिए।
आगामी दिनमा पनि धर्म, संस्कृति र परम्परासँग जोडिएका यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै संस्कारयुक्त शिक्षामा जोड दिइने म्यारिगोल्ड एकेडेमी +२ का को–कोडिनेर अर्जुन कार्कीले  धनुष टिभीलाई जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर