रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

[sharethis-inline-buttons]

 

४ चैत, जनकपुर । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर