रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

संविधानमा हिन्दू राष्ट्र राख, समानुपातिक प्रणाली हटाउ : कांग्रेसलाई सुझाव

[sharethis-inline-buttons]

७ चैत, जनकपुर। नेपाली कांग्रेसमा संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र कायम गर्न र समानुपातिक निर्वाचन प्रणाली हटाउन सुझावसहितको प्रतिवेदन पेस भएको छ । पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन (डीएलए)ले सातवटै प्रदेशबाट संकलन गरेको सुझावसहितको प्रतिवेदन पेस गरेको हो । सातै प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया गरी सुझाव संकलन गरिएको थियो । उक्त सुझावसहितको प्रतिवेदन बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवालाई पेशागत तथा बुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले हस्तान्तरण गरेकी थिइन् । उक्त प्रतिवेदनमा प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रणाली मात्र राख्न र संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र कायम गर्ने सुझाव समेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर