२२ चैत काठमाडौं । शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ। हामीलाई सरकारको तर्फबाट बोलाइएको छ, महासंघका एक पदाधिकारीले भने । बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । शुक्रबार हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ । तर सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत महासंघका पदाधिकारीले दिएका छन् । सहमति पहिल्यै भइ सकेको हो । ऐन जारी गरियोस् हामी घर फर्किन्छौ, आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, सहमतिका लागि मात्र वार्ता आवश्यक छैन । यद्यपि, कार्यवाहक प्रधानमन्त्री सहितको वार्तामा सहभागी हुने नहुनेबारे निर्णय गर्न महासंघका नेताहरू छलफलमा छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन् । २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्ने
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




