धनुषा,चैत २४ – जनकपुरधामको बिन्धीमा अंसु हत्याकाण्डमा संलग्न मुख्य अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। घटनाको गहिरो अनुसन्धान जारी रहेको र बाँकी फरार अभियुक्तको खोजी तीव्र पारिएको प्रहरी एसपी भुवनेश्वर तिवारीले जनाएको छ।
धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार बाँकी अभियुक्तहरू फरार भई भारततर्फ लुकेका हुनसक्ने आशंकामा भारतीय समकक्षी सुरक्षासँग समन्वय भइरहेको छ। “उनीहरूलाई पक्राउ छिटोभन्दा गर्छु, तर अनुसन्धानलाई कुनै ढिलाइ गर्ने छैन,” एसपी तिवारीले बताए।
एसपी तिवारीले घटनासँग सम्बन्धित भ्रम फैलाउने कार्य नगर्न र अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। “यो संवेदनशील मुद्दा हो, तथ्यमा आधारित जानकारी मात्र शेयर गर्नुपर्छ,” उनले स्पष्ट पारे।
जनकपुरधामवासीमा यस घटनाप्रति चासो बढ्दो छ भने प्रहरीको सक्रियता र प्रतिबद्धताले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ।




