रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनता समाजवादी पार्टी नेपाल मिर्चैया नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न

[sharethis-inline-buttons]

रामनारायण ठाकुर, मिर्चैया ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल मिर्चैया नगरपालिकाको प्रथम नगर अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नगर समिति चयन गरिएको छ जसअनुसार अध्यक्षमा धिरेन्द्र साह (ललन), उपाध्यक्षमा भागेश्वर यादव र सुशिला देवी साह, सचिवमा जितेन्द्र कुमार महतो, उपसचिवमा रामकुमार राय र राजु पासमान, तथा कोषाध्यक्षमा मिरा देवी साह चयन भएका छन्। साथै, समितिमा अन्य २१ जना सदस्यहरू पनि सर्वसम्मतिबाट चयन गरिएका छन्।

नगर अधिवेशनभन्दा पहिले ९ सदस्यीय कार्यदलले पछिल्लो ४ महिनादेखि अभियान सञ्चालन गर्दै मिर्चैयाका १२ वटै वडामा अधिवेशन सम्पन्न गरेको थियो। त्यसपश्चात मिर्चैया एकता अभियानअन्तर्गत आयोजित प्रथम नगर अधिवेशन बन्द सत्रमा कार्यदल संयोजक विष्णु साहको अध्यक्षतामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर