रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनस्वास्थ्यमा सक्रिय धनुषाधाम, मेयरको निर्देशनमा इमर्जेन्सी सेवा छिट्टै

[sharethis-inline-buttons]

धनुषा,बैशाख १२ — धनुषाको धनुषाधाम नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कुकुर तथा जनावर टोकाइ विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ।

नगर प्रमुख बालेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख विद्या देवी भुजेल, वडा नं. ३ का अध्यक्ष जयनारायण यादव, वडा नं. ४ का अध्यक्ष मनोज कुमार यादव, स्वास्थ्य शाखा प्रमुख हरिनारायण महतो, रामकृष्ण यादव,अरुण कुमार मण्डल,जयप्रकाश साह,तथा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मेयर बालेश्वर मण्डलले नागरिकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै भने, “राम्रो सेवा सुरुदेखि नै लिनुपर्छ। हामी सामाजिक प्राणी हौं, समयमा जादैनौ, गारो भयो भने मात्र अस्पताल जाने प्रवृत्तिमा परिवर्तन ल्याउनु आवश्यक छ। पर्सुती सेवा नियमित रूपमा सरकारी संस्थाबाटै लिनुपर्छ।”

उहाँले बर्थिङ सेन्टर सञ्चालनमा थप सशक्तिकरण गर्न दुई दिनभित्र आवश्यक सम्पूर्ण उपकरण उपलब्ध गराउन स्वास्थ्य शाखा प्रमुखलाई निर्देशन दिनुभयो।

इमर्जेन्सी सेवा सञ्चालनको विषयमा समेत मेयर मण्डलले तीव्र असन्तोष व्यक्त गर्दै भने, “मैले दुई महिना अघि नै शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई विज्ञापन निकाल्न भनेको थिएँ। तर उहाँहरुको ढिलासुस्तीका कारण सेवा सुरु हुन ढिला भयो। मञ्चबाटै मेयरले शाखासँग सोधेको छ, कति समय लाग्छरु जवाफ आएको छ, दुई हप्तामा हुन्छ भन्ने।”

उहाँले प्राथमिक स्वास्थ्य केन्द्रमा छिटोभन्दा छिटो अहेव, नर्स र MBBSचिकित्सक भर्ना गरेर आकस्मिक सेवा ९इमर्जेन्सी० सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

यससँगै नगरपालिकाले जनताको स्वास्थ्य सेवामा देखिएको सक्रियता र प्रतिबद्धता पुनः एक पटक उजागर भएको छ। खोप सेवा प्रारम्भ भएसँगै १८ जनाले सेवा लिइसकेका छन् भने बर्थिङ सेन्टरमार्फत ८ जना महिलाले सेवा प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर