१६ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ । यससम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । आगामी १९ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।त्यसदिनको बैठकमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा रहनुपर्ने लगायतका प्रावधान रहेका छन् । यसबारे सभामुख घिमिरेले संसद्मा जानकारी गराएका हुन् ।
तपाईको प्रतिक्रिया




