पप्पु साह,जनकपुरधाम,बैशाख २०—
ग्यास बिक्रेता संघ, धनुषाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा अध्यक्ष पदमा फुलदेब पंडित निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा राम कुमार साह, उपाध्यक्षमा श्याम कुमार राउत, महासचिवमा बिक्रम झा र कोषाध्यक्षमा पुरुषोत्तम प्रसाद साह चयन भएका छन्।
यस कार्यसमितिमा सदस्यहरूका रूपमा मंजु देवी महतो, घनश्याम राय, संतोष शिबहरे, रबिन्द्र साह, शेषनारायण झा, दिनेश राय, लालबाबु साह र ललन साह रहेका छन्।
नव(निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिइँदै संघले आगामी दिनहरूमा व्यवसायको हितमा सक्रिय भूमिका निर्वाह गर्ने सुझाव दिएका थिए ।
तपाईको प्रतिक्रिया




