रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडी चलाउन रोक

[sharethis-inline-buttons]

जेठ ५, काठमाडौं ।कान्तिलोकपथ सडकखण्डमा पर्ने बगुवास्थित निर्माणाधीन पुल क्षेत्रमा साना सवारी साधनका लागि एकतर्फी आवागमन सुचारु गरिएको छ। प्रहरीले जानकारी दिएअनुसार बिहान ७स्४५ बजेदेखि कार, जिप, स्कारपियो तथा मोटरसाइकल जस्ता साना सवारी साधनलाई एकतर्फी रूपमा सञ्चालन गर्न अनुमति दिइएको हो। पुल निर्माणको काम जारी रहेकाले सावधानी स्वरूप सवारी सञ्चालन एकतर्फी गरिएको प्रहरीले जनाएको छ। यता, ठूला सवारी साधनहरू (जस्तै ट्रक, बस आदि) का लागि भने डाइभर्सन निर्माण नभएसम्मका लागि सो क्षेत्र हुँदै सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ । स्थायी सडक संरचना निर्माण नभएसम्म बगुवा खोलामा वर्षाको बेला सडक सञ्चालन नियमित हुने अवस्था देखिँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर