रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आमा र शिशु दुवै बचाएकी प्रहरी जवान चन्द्रिका भन्छिन्, ‘म त्यहाँ पुग्दा चन्द्रालाई बेथाले च्यापेको थियो

[sharethis-inline-buttons]

८ जेठ, धनुषा। मंगलबार बिहान कैलाली गोदावारी नगरपालिका( १ चैतन्यपुरस्थित एक स्थानीयको आँगनमा ठूलो भिड लाग्यो । २४ वर्षीया चन्द्रा आचार्य प्रसव पीडाले आँगनमा छटपटाइरहेकी थिइन् । तर, त्यहाँ आपतमा सघाउनभन्दा रामरमिता हेर्नमै ध्याउन्न थियो अधिकांशको । बेसहारा चन्द्रालाई आपतकालीन उद्धारमा लैजानु कता हो कता, उल्टै फोटो(भिडिओ बनाउन तल्लीन देखिए गाउँका जान्नेसुन्नेहरू। कोही भनिरहेका थिए, ‘छुँदा रोग लाग्छ ।’ कोही उनलाई मानसिक रोगी मान्दै, प्रसव पीडालाई अनर्थको रमाइलो बुझिरहेका थिए । त्यही बेला कुनै स्थानीयले प्रहरीलाई खबर गरिदियो । मातृशिशु कार्यकर्ता वा जानिफकारहरूले हेर्नुपर्ने महिलाको प्राकृतिक विशेषावस्था गोदावरीमा प्रहरीको सुरक्षाको विषय बनिरहेको थियो । खैरना प्रहरी थानामा फोनको घण्टी गएको केहीबेरमै प्रहरी जवान चन्द्रिका देउवा घटनास्थल पुगिन् । उनको साथमा प्रहरीका अर्का हवल्दार पनि थिए । त्यहाँ पुग्दा महिलालाई प्रसव पीडाले च्यापेको थियो, चन्द्रिकाले अघिल्लो दिनको घटना सम्झिँदै भनिन्, मैले त्यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ । स्थानीयले सघाउनुको सट्टा रमिता हेरेर बसेका थिए । जुनबेला चन्द्रा घरको आँगनमा सुत्केरी बेथाले छटपटिइरहेकी थिइन्, उनलाई सघाउन त के कोही उनलाई छुनसमेत तयार थिएनन् । अझ कोही त बढ्ता जान्ने भएर एचआईभी, हेपाटाइटिस जस्ता रोग लाग्ला भनेर पन्छिँदै थिए । आफैँमा शंका र भय हुँदाहुँदै पनि चन्द्रिका अघि बढिन् । स्थानीयले छिछि गरिरहेको बेला उनलाई लाग्यो ‘म एक महिला हुँ, प्रहरी हुँ, यो मेरो कर्तव्य हो । चन्द्रिकाले आफू पुग्नेबित्तिकै यही नाजुक परिस्थितिको आकलन गरिरहेकी थिइन् । तत्काल सहयोग नगर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा जान सक्थ्यो । ठिक त्यही क्षणमा उनले साहसी निर्णय लिइन् । महिला एकदमै पीडामा थिइन्, बच्चा निस्किने बेला भएको थियो र कसैले हात लगाएनन्, चन्द्रिकाले भनिन्

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर