नागेन्द्र महरा।जनकपुरधाम, असार १२ ।
जनकपुरधामस्थित मिथिला ब्याङ्क्वेट, क्याम्पस चौकमा आयोजित सहकारी आम प्रशिक्षण कार्यक्रम भव्य रूपमा भैरहेको छ। कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकले सहकारीको भूमिका, पारदर्शिता र प्रभावकारिता विषयमा प्रशिक्षण हुनेछ ।
प्रशिक्षण कार्यक्रममा डा। शिवराम प्रसाद कोइराला, ध्रुव नारायण यादव लगायतका विशिष्ट वक्ताहरूले सहकारी व्यवस्थापन, लेखाप्रणाली र दिगो कृषि विकासमा सहकारीको भूमिका विषयमा विस्तृत विचार राख्ने कर्म जारी रहेको छ।
धनुषा जिल्लाका विभिन्न साना किसान कृषि सहकारी संस्था लिमिटेडहरूका अध्यक्ष ,मुख्य प्रबन्धक ,प्रबन्धक र शेयर सदस्य, कर्मचारी, सञ्चालक समिति, लेखा समिति लगायतका जिम्मेवार पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा झण्डै ५०० जना सहभागी भएका थिए।

कार्यक्रमले सहकारी अभियन्ताहरूलाई दक्ष, जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागीहरूले सहकारी क्षेत्रको भविष्य र सुधारका सम्भावनाबारे पनि सक्रिय छलफल हुनेभएको छ।




