१५ असार,धनुषाधाम । रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने दिन। सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ। नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। तर असार १५ मै किन खाइन्छ दही चिउरा रु प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले। आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त रु संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाइन्छ। परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो। तर समयक्रमले यसलाई असार १५ मा पुर्याएको संस्कृतिकर्मीको तर्क छ। हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन। अहिले बजारमा दही चिउरा १२ महिना उपलब्ध छन्। पहिले सबैसँग आजजस्तो माछा,मासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन। रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन। सबैजसो किसानका घरमा गाईभैसी पालिएको हुन्थ्यो। गाई भैंसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन। त्यस्तै खेती किसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो। त्यसैले घरमै रहेको दही चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मी स्पष्ट पार्छन्। दही चिउरा पौष्टिक आहार पनि भयो। धेरै समय लाग्ने गरी दहीचिउरा अरु खानेकुरा जसरी पकाइरहन पनि पर्दैन। त्यसैले यसको प्रयोगले महत्व पाएको थियो। असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातिबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।
असार १५ मा किन खाइन्छ दही चिउरा
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




