रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रयागराज महाकुम्भमा भागदौडस् १० जनाभन्दा बढीको ज्यान गएको आशङ्का

[sharethis-inline-buttons]

प्रयागराज, भारत – विश्वकै सबैभन्दा ठूलो धार्मिक उत्सवमध्ये एक मानिने प्रयागराज महाकुम्भमा सोमबार राति भागदौड मच्चिँदा कम्तीमा १० जनाभन्दा बढीको ज्यान गएको आशङ्का गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा दर्जनौँ घाइते भएका छन्।
गएराति साढे एक बजेतिर कुम्भ मेलाको एउटा घाटमा अत्यधिक भीड भएपछि अफरातफरी मच्चिएको बताइएको छ। लाखौँ भक्तजन अमृत स्नानका लागि पवित्र गङ्गा नदीमा डुबुल्की लगाउन जम्मा भएका थिए। भीड नियन्त्रण गर्न सुरक्षाकर्मीहरू खटिए पनि अनियन्त्रित भीडका कारण भागदौडको अवस्था सिर्जना भएको थियो।

घटनाका बाबजुद पनि कुम्भ मेलाको मुख्य धार्मिक कार्य – अमृत स्नान – यथावत् रहेको छ। हजारौँ भक्तजन अझै पनि स्नान गर्नका लागि घाटहरूमा पुगेका छन्। सुरक्षाकर्मीहरू भीड नियन्त्रण गर्न प्रयासरत छन्।

गएको जनवरी १३ देखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोडभन्दा बढी भक्तजनले पवित्र गङ्गामा स्नान गरिसकेका छन्। धार्मिक मान्यताअनुसार, कुम्भ मेलामा गङ्गा स्नान गरे पापमोचन हुने विश्वास गरिन्छ, जसका कारण विश्वभरबाट लाखौँ साधु(सन्त, भक्तजन र पर्यटकहरू यहाँ आउने गर्दछन्।

भागदौडपछि सुरक्षाकर्मीहरूलाई थप सतर्क बनाइएको छ। आयोजक समितिले भीड व्यवस्थापनका लागि सुरक्षा उपाय कडा पार्ने जनाएको छ। प्रशासनले मृतक तथा घाइतेहरूको आधिकारिक सङ्ख्या पुष्टि गर्न बाँकी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर