रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

लागुऔषध सेवन गरेको समूहद्वारा धनुषाधाममा कुटपिट, चार जना घाइते

धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानी भिमानअन्तर्गत बीच गाउँमा आज लागुऔषध सेवन गरेको भनिएको समूहले कुटपिट गर्दा चार जना घाइते भएका छन्।
कुटपिटबाट धारापानीका नन्ददेव कुमार सिंह तथा मोलटोलका सुमित यादव, राजु यादव र अमृत यादव घाइते भएका छन्। उनीहरूमध्ये तीन जनाको जनकपुरधाममा उपचार भइरहेको छ भने एक जनाको वीरेन्द्रबजारमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय यज्ञभूमिले जनाएको छ। घटनामा अन्य केही व्यक्ति पनि घाइते भएको बताइए पनि उनीहरूको नाम खुलेको छैन।
कुटपिटमा संलग्नमध्ये निश्चल लामा र वसन्त लामाको नाम खुलेको छ भने अन्यको परिचय खुल्न सकेको छैन। घटनामा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यज्ञभूमिले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर