रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नेपाल पिछडावर्ग obcमहासंघको छैठौं महाधिवेशन सम्पन्न,अध्यक्षमा ठाकुर चयन

[sharethis-inline-buttons]

काठमाडौं, माघ २९ – नेपाल पिछडावर्ग obc महासंघको छैठौं महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट पुनः गजेन्द्र ठाकुर महासंघको केन्द्रीय अध्यक्षमा निर्विरोध चयन भएका छन्।

महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। ठाकुरको नेतृत्वमा महासंघले पछिल्लो कार्यकालमा पिछडावर्गका हक, अधिकार तथा सामाजिक न्यायका लागि प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनलाई सर्वसम्मत रूपमा पुनः अध्यक्ष चयन गरिएको हो।

महासंघले आगामी दिनमा पिछडावर्ग समुदायको आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्न थप सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अध्यक्ष ठाकुरले आफ्नो यस कार्यकालमा पिछडावर्ग समुदायको उत्थानका लागि नीतिगत पहललाई प्राथमिकता दिने बताए।

महाधिवेशनमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले पिछडावर्ग समुदायको सशक्तीकरणका लागि महासंघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यको अपेक्षा व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर