रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा माओवादी केन्द्रको प्रदर्शन, १० बुँदे ज्ञापनपत्र बुझाउँदै चरणबद्ध आन्दोलनको चेतावनी

[sharethis-inline-buttons]

नागेन्द्र महरा, फागुन १ – नेकपा माओवादी केन्द्र धनुषाधाम नगर कमिटीले आज धनुषाधाम नगरपालिकालाई १० बुँदे ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत सन्जित प्रसाद दासलाई बुझाउँदै विभिन्न माग पूरा गर्न आग्रह गरेको छ। जनयुद्ध दिवसको अवसरमा आयोजित प्रदर्शनपछि नगरपालिकामा पुगेका माओवादी कार्यकर्ताहरूले स्थानीय सरकारले जनताको सेवा सुविधा उपलब्ध गराउन नसकेको आरोप लगाउँदै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

ज्ञापनपत्रमा नगरपालिकाको कार्यालय नव निर्मित भवनमा सार्नुपर्ने, धर्मशाला खाली गरी पर्यटकलाई व्यवस्थित सेवा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा तत्काल उपलब्ध गराइनुपर्ने, विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी मिलाउनुपर्ने, आन्तरिक आम्दानीका स्रोत बढाउन नदी(खोलाको ठेक्का लगाइनुपर्ने, सरकारी गाडीको उचित प्रयोग गर्दै भाडाका गाडी हटाइनुपर्ने, किसानका लागि मल, बीउबिजन तथा सिँचाइ सुविधा उपलब्ध गराइनुपर्ने लगायतका माग अघि सारिएको छ।

कार्यक्रमको नेतृत्व नगर कमिटीका अध्यक्ष विश्णी यादवले गरेका थिए भने, माओवादी केन्द्र धनुषा अध्यक्ष दिपक यादव, वडा नं। ४ का अध्यक्ष मनोज कुमार यादव, वडा नं. १ का अध्यक्ष सुनिल कापर लगायतका नेताकार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए।

ज्ञापनपत्रमा नगरपालिकाले पर्यटन प्रवर्द्धन, खेलकुदको विकास, पिछडिएका वर्गहरूको उत्थान, पारदर्शी प्रशासनिक व्यवस्था तथा सार्वजनिक सुनुवाइ मार्फत अहिलेसम्मको हरहिसाव सार्वजनिक करणमा ध्यान दिनुपर्ने माग गरिएको छ।

माओवादी केन्द्रले माग सम्बोधन नभए ११ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर