जनकपुरधाम । आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० निर्वाचनका लागि (रा।रा।ब।) मा अखिल क्रान्तिकारीबाट बिभा यादवलाई सभापति पदका लागि सर्वसम्मत सिफारिस गरिएको छ।
यस पटक स्ववियू सभापति पदमा महिला उम्मेदवार चयन गरिएकोमा विद्यार्थीहरूमा उत्साह देखिएको छ। पछिल्लो समय हरेक क्षेत्रमा महिलाहरू अगाडि बढिरहेका बेला विद्यार्थी राजनीति र नेतृत्वमा पनि उनीहरूको सहभागिता महत्वपूर्ण रहेको विद्यार्थीहरूले बताएका छन्।
बिभा यादवको नेतृत्वमा विद्यार्थी हकहितका सवालमा थप सशक्त आन्दोलन गर्ने विश्वास गरिएको छ। विभिन्न विद्यार्थी संगठनका कार्यकर्ताहरूले समेत सामाजिक सञ्जालमार्फत अखिल क्रान्तिकारी र बिभा यादवलाई बधाई दिइरहेका छन्।
रा।रा।ब। क्याम्पसमा अखिल क्रान्तिकारीको प्रभाव बढ्दै गएको मानिएको छ। आसन्न स्ववियू निर्वाचनमा यादवको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ।




