रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गोली लागेको सन्तोषलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

[sharethis-inline-buttons]

 

धनुषाको सबैला नगरपालिका–९, भठिहनमा चोकको नामकरणको विषयलाई लिएर उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको गोली लागी घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।

शहीदनगर–१, कुम्भकर्णका २२ वर्षीय सन्तोष यादवलाई प्रारम्भिक उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको हो।

सबैलाको भठिहनस्थित चोकमा एक पक्षले ‘यादव चोक’ लेखिएको बोर्ड राखेपछि अर्को पक्षले त्यसलाई उखाल्दा आइतबारदेखि विवाद चर्किएको थियो। स्थिति नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएपछि प्रहरीले गोली चलाएको थियो, जसमा यादव घाइते भएका थिए।

विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर