रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरधाममा ३ महिने नि:शुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

[sharethis-inline-buttons]

जनकपुरधाम, चैत ९ – कम्प्युटर एसोसिएसन नेपाल महासंघ, धनुषाको आयोजनामा ३ महिने निस्शुल्क आधारभूत कम्प्युटर तालिमको उद्घाटन कार्यक्रम जनकपुरको शुभम होटलमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री जुली महतो रहनु भएको थियो भने केन्द्रीय सांसद प्रतीक्षा तिवारी तथा प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुर विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भयो। कार्यक्रममा कम्प्युटर एसोसिएसन नेपाल महासंघ, धनुषाका अध्यक्ष विनय साहको अध्यक्षता रहेको थियो।

सो तालिमले स्थानीय युवाहरूलाई प्रविधिसँग जोड्ने र डिजिटल साक्षरता अभिवृद्धि गर्ने लक्ष्य लिएको आयोजकले जानकारी गराएको छ। उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर