रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

माओवादी केन्द्रद्वारा कुलमान घिसिङको बर्खास्तीको विरोध, निर्णय फिर्ता लिन माग

[sharethis-inline-buttons]

 

काठमाडौं, १२ चैत – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कडा आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सोमबार जारी गरेको विज्ञप्तिमा कुलमान घिसिङको बर्खास्तीलाई ‘अन्यायपूर्ण र अपमानजनक’ भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरिएको छ। विज्ञप्तिमा सरकारले विचौलिया र दलालहरूको स्वार्थमा परेर यस्तो निर्णय गरेको आरोप लगाइएको छ।

माओवादी केन्द्रले कुलमान घिसिङलाई हटाउने निर्णयलाई ‘कुशासनको पछिल्लो दृष्टान्त’ को संज्ञा दिँदै, जनताको हित विपरीत भएको निष्कर्ष निकालेको छ। अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारको यो निर्णयबारे अन्य दल तथा नागरिक तहबाट पनि विरोधका स्वरहरू उठिरहेका छन्। कुलमान घिसिङलाई विद्युत क्षेत्रको सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिका रूपमा हेरिन्छ, विशेष गरी लोडसेडिङ अन्त्यमा उनको भूमिका प्रशंसनीय मानिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर