३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्याएका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्याएको बताउँदै फेरि स्मरण गराएको बताए । पार्टी सभापति शेरबहादुर देउवासैगै रहेका कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताए । ‘पटक(पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं उनले अघि भने, कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ । गरेनौ भने अप्ठेरोमा पर्न सक्छौं । उनले कांग्रेस(एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाएका छन् । संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै उनले ढिला नगर्न सुझाव पनि दिए । ‘संविधान पुनर्वलोकन गर्ने कुरा हो । यसमा ढिलाई नगरौं,’ उनले भने , ढिलाइ भए सडक आक्रोशित हुन्छ । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिइएको भए पनि यो दुवै नभएको र दण्डहीनता बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे
कांग्रेस सत्तामा छ, सरकारमा छैन देउवाकै अगाडि शेखरले दोहोर्याए
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




