धनुषा, बैशाख २५— धनुषा जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक स्थल धनुषाधाम बजारमा हालै जडान गरिएको दुईवटा डिजिटल बोर्डले यहाँको सौन्दर्य र आकर्षण झनै बढाएको छ।
धनुषाधाम नगरपालिकाले जडान गराएका यी डिजिटल बोर्डहरूमा ूध्भअियmभ तय धनुषाधामू लेखिएको सन्देशसँगै धार्मिक दृश्यहरू र रामायणकालीन घटनाहरूको भिडियो प्रदर्शन हुने गरेको छ। यसले गर्दा साँझपखदेखि रातिसम्म धनुषाधाम बजारको वातावरण झिलिमिली र आध्यात्मिक बनाउने गरेको सर्वसाधारणको भनाइ छ।
यसअघि पनि धनुषाधाम बजार रात्रिकालीन बत्ती तथा लाइटिङले झिलिमिली बनाउने गर्थ्यो, तर अहिले डिजिटल बोर्डमार्फत देखिने दृश्यहरूले पर्यटक तथा दर्शनार्थीहरूलाई थप लोभ्याउन थालेका छन्।
स्थानीय व्यापारी र बासिन्दाले नगरपालिकाको यो पहलको स्वागत गरेका छन्। उनीहरूका अनुसार डिजिटल बोर्डमा आफ्नै धनुषाधामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व झल्काउने जस्ता दृश्य हुँदा राम्रो हुन्थ्यो भनेका छन् ।
नगरपालिकाका अनुसार आगामी दिनमा थप प्रविधिमैत्री पूर्वाधार विकास गर्दै धनुषाधामलाई स्मार्ट धार्मिक नगरीको रूपमा विकास गर्ने योजना रहेको छ




