धनुषामा प्रदेश स्तरीय मानसिक स्वास्थ्य समिक्षा तथा कार्यशाला गोष्ठी सुरु
मुकेश कुमार ठाकुर। धनुषा, २०८२ जेठ १९ — धनुषाको सपहीस्थित स्वास्थ्य निर्देशनालयको आयोजनामा मधेस प्रदेश स्तरीय मानसिक स्वास्थ्य समिक्षा तथा कार्यशाला गोष्ठी आजदेखि मंगेश होटल लालगढमा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षता तथा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव मदन भुजेल र कानुन सचिव राजु नेपाल विशिष्ट अतिथि रहेका थिए।
दुई दिने उक्त कार्यक्रममा लगनखेल मानसिक अस्पताल तथा तालिम केन्द्रका निर्देशक बरिष्ठ मनोचिकित्सक डा. बासुदेव कार्की र डा. राजीव झा, साथै साझेदार संस्था विश्व स्वास्थ्य संगठन (WHO) नेपालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरू तथा मानसिक स्वास्थ्यका फोकल पर्सनहरूको उपस्थिति रहेको छ। सहभागीहरूले जिल्लास्तरमा मानसिक स्वास्थ्य सेवा प्रवाहको प्रगति, समस्या, चुनौती तथा आगामी कार्ययोजनाहरूमा समावेश गर्नुपर्ने विषयहरूको समीक्षा र विश्लेषण गर्नेछन्।
कार्यक्रमका उद्घाटन सत्रमा फोकल पर्सन युगलकिशोर यादवसहित विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




