रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सहिदनगरमा ५ दिवसीय योग शिविर सुरु, सांसद यादवद्वारा उद्घाटन

[sharethis-inline-buttons]

जनकपुरधाम, जेठ २७ –धनुषा जिल्लाको शहिदनगर नगरपालिका–३ स्थित यदुकूहा गाउँमा ५ दिवसीय योग शिविरको सुरु गरिएको छ। श्री जनता एकाई माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरको उद्घाटन प्रदेशसभा सदस्य तथा जसपा, नेपालको समाजवादी नेता रामअशिष यादवले गर्नुभयो।

उद्घाटन समारोहमा प्रमुख अतिथि यादवले स्वस्थ जीवनयापनका लागि नियमित योग अभ्यास अपरिहार्य रहेको बताउँदै राज्यले योग अभ्यासलाई संस्थागत रूपमा अंगाल्नुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि शहिदनगर नगरपालिकाका नगरप्रमुख दिनेश प्रसाद यादवले योगको प्रचार–प्रसार तथा संस्थागत विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता वडा नं ३ का वडा अध्यक्ष मनोज दासले गर्नुभएको थियो। उद्घाटन सत्रमा योग गुरु लवदेव मिश्रले सहभागी साधक तथा साधिकालाई योग सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

५ दिनसम्म सञ्चालन हुने उक्त शिविर शहिदनगर नगरपालिकाको आयोजनामा गरिएको हो। स्थानीय योग गुरु सुनिल साहका अनुसार शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ।

योगमार्फत स्वास्थ्य र आत्मअनुशासनको सन्देश फैलाउने उद्देश्यसहित सञ्चालन गरिएको यो शिविरले समुदायस्तरमै योग संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर