रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

काँटा लगा’ बाट चर्चित अभिनेत्री शेफालीको निधन

[sharethis-inline-buttons]

१४ असार, मुम्बई। अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ । रिमेक गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। मिडिया रिपोर्टका अनुसार, जुन २७ को राति उनलाई हृदयाघात भएको थियो, जसका कारण उनको मृत्यु भएको हो। मुम्बई प्रहरीले यस मुद्दामा आफ्नो अनुसन्धान सुरु गरेको छ। फोरेन्सिक टोली शेफाली जरीवालाको घरमा पुगेको छ र प्रमाण सङ्कलन गरिरहेको छ। साथै, घरमा काम गर्ने कामदार र भान्सेलाई अम्बोली प्रहरी स्टेसनमा सोधपुछ गरिएको छ। परिवारका सदस्यहरूको पनि बयान लिइँदैछ। स्रोतका अनुसार, शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागी र अन्य तीन जनाले शुक्रबार राति अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए।

अस्पतालका कर्मचारीले शेफाली जरीवालालाई मृत अवस्थामा अस्पताल ल्याइएको पुष्टि गरेका छन्। उनको शव पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ। शेफाली जरीवालाले १९ वर्षको उमेरमा ुकाँटा लगाु म्युजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई रातारात स्टार बनायो। यस गीतमा उनको बोल्ड शैली र नृत्य शैलीले मानिसहरूको ध्यान खिचेको थियो। यसपछि उनले केही थप संगीत एल्बम र चलचित्रहरूमा काम गरिन्। सन् २००४ मा उनी सलमान खान र अक्षय कुमारको चलचित्र ‘मुझसे शादी करोगी’ मा पनि देखिइन्। यसबाहेक उनी कन्नड चलचित्र ुहुडुगारूु मा पनि देखिइन्। शेफालीले धेरै डान्स रियालिटी सोहरूमा भाग लिइन्। साथै, उनी आफ्ना पति पराग त्यागीसँग ुनच बलियेु मा पनि देखिइन्। शेफाली जरीवालाले सन् २०१९ मा बिग बोस १३ मा वाइल्ड कार्ड एन्ट्री लिएकी थिइन् जहाँ उनी आफ्नो पूर्व प्रेमी सिद्धार्थ शुक्लासँग राम्रो सम्बन्ध बनाएको देखिएकी थिइन्। सिद्धार्थ शुक्लाको पनि सन् २०२१ मा हृदयाघातका कारण मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर