१५ असार,धनुषाधाम । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ।यस विषयमा इजरायली सेनाले कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया




