रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

साउन सोमबार टुटेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो

 

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–५ मा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा साउन महिनाको सोमबारको अवसरमा भक्तजनहरूको घुइँचो लागेको छ। ‘मधेशको कैलाश पर्वत’ भनेर चिनिने यस पवित्रस्थलमा जल अर्पण, दुग्धाभिषेक, व्रत बस्ने र बेलपत्र चढाउने कार्यमा श्रद्धालुहरू व्यस्त देखिएका छन्। इच्छापूर्ति हुने विश्वासले यहाँ अन्य धर्मावलम्बी समेत दर्शन गर्न आउने गर्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर