रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा बजाज ग्राण्ड एक्सचेन्ज मेला

[sharethis-inline-buttons]

नागेन्द्र माहरा, धनुषा / श्रावण ९ ।
मधेस प्रदेशमै पहिलोपटक सबैभन्दा ठुलो “बजाज ग्राण्ड एक्सचेन्ज मेला” धनुषाधाम बजारमा आयोजना हुँदैछ।
श्रावण ७ गतेदेखि १२ गतेसम्म बजाज कम्पनीका सम्पूर्ण लोकप्रिय र नवीनतम मोडलका बाइकहरू राखिने उक्त मेलामा ग्राहकलाई विशेष अफर प्रदान गरिनेछ।

धनुष मन्दिरसँगै आयोजित मेलामा ग्राहकले केवल नागरिकताको आधारमा बाइक किन्न सक्नेछन्।
“On the Spot” फाइनान्स सुविधा, कुनै पनि सेवा शुल्क नलाग्ने, रु. १०,००० अतिरिक्त मूल्यांकन, निःशुल्क एक्सेसोरिज, साथै आकर्षक नगद छुट जस्ता आकर्षक अफरहरू पनि उपलब्ध छन्।

मेलाको आयोजन निर्मल बाबा ट्रेडर्स, धनुषाधामले गरेको हो। ग्राहकहरूलाई बाइक किन्न सजिलो होस् भन्ने उद्देश्यले यस्तो विशेष कार्यक्रम ल्याइएको संचालक नवीन यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर