रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रधानमन्त्री ओली आज महोत्तरी र बाराको विकास योजनाको उद्घाटनमा

[sharethis-inline-buttons]

जनकपुरधाम /साउन —९
प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जिल्लामा विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन तथा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न जाँदैछन्।

महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्यही क्षेत्रको वडा नं. ६ मा नवनिर्मित प्रसूतिगृह भवन पनि उद्घाटन गर्ने कार्यक्रम छ।

त्यसैगरी, उनले जनकपुर–कुर्था–सम्सी सडकखण्ड अन्तर्गत रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने तयारी गरिएको छ। यी सबै कार्यक्रमहरू विकासप्रति सरकारको प्रतिवद्धता अभिव्यक्त गर्ने अवसरको रूपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीको बाराको कार्यक्रम अन्तर्गत परवानीपुर गाउँपालिकामा निर्माण सम्पन्न भएको प्रशासकीय भवनको उद्घाटन तथा स्थानीय जनसभा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर