रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

स्व. हितो मण्डलको परिवार बिचल्लीमा, राहत र सहयोगको पर्खाइमा

[sharethis-inline-buttons]

रामनारायण ठाकुर, सिरहा — मिर्चैया नगरपालिका–२, मल्हनियाँ खोरी पिराडीका स्वर्गीय हितो मण्डलको परिवार अहिले गम्भीर आर्थिक तथा सामाजिक संकटमा परेको छ। एक वर्षअघि मण्डलको असामयिक निधनपछि परिवार अभिभावकविहीन बनेर अत्यन्त कठिन परिस्थितिमा जीवन बिताइरहेको छ।

जीवित रहँदा मण्डल गाउँघरमा विवाह, भोज–भतेरमा खाना पकाउने तथा दैनिक ज्यालादारी मजदुरी गरेर परिवार पाल्ने गर्थे। तर उनको निधनपछि श्रीमती सुनैना देवी मण्डलसहित सात सन्तानको जीवन अस्तव्यस्त बनेको हो। तीन छोरीहरूको विवाह भइसकेको भए पनि एक छोरी उषा मण्डल श्रीमानको मृत्यु भएपछि पुनः माइती घरमै बस्न बाध्य भएकी छन्। बाँकी तीन छोरी—शान्ति मण्डल मंजिता मण्डल र रिन्कु मण्डलका साथै छोरा राजन मण्डल आमा संगै छन्।

घरको मुख्य कमाउने आधार गुमेपछि परिवार दैनिक जीवनयापन, बालबालिकाको शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा समेत संघर्षरत छ। स्थानीय बासिन्दाहरूका अनुसार स्वर्गीय मण्डलको परिवारलाई तत्काल राहत र सहयोगको खाँचो छ। “बिचरा हिते मण्डलका परिवारका लागि कसैले सहयोग गरिदिए सुनमा सुगन्ध हुन्थ्यो,” गाउँका एक स्थानीयले भने।

अहिले परिवार सहयोगी मन भएका व्यक्ति, संघ–संस्था र स्थानीय निकायको ध्यान आकर्षण गराउन प्रयासरत छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर