मुकेशकुमार ठाकुर,धनुषा, भदौ १३ गते।
धनुषाको बिरेन्द्रबजारमा भदौ १५ गतेदेखि पहिलोपटक “इन्द्र पुजा व्यापार मेला महोत्सव २०८२” सुरु हुने भएको छ। चारनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा व्यापार, उद्योग, स्थानीय उत्पादन, खेलकुद, सांस्कृतिक प्रस्तुति र धार्मिक परम्परालाई एकैसाथ समेटिनेछ।
कलश यात्रा भदौ २१ गते शनिबार १० हुनेछ भने यस महोत्सवको प्रमुख आकर्षणका रूपमा वृहत् शान्ति फुटबल प्रतियोगिता रहनेछ।
महोत्सव स्थलको अवलोकन उद्योग वाणिज्य संघका अध्यक्षसहित पदाधिकारी, वडा अध्यक्ष, स्थानीय क्लबका युवा, पत्रकार तथा सरोकारवाला निकायले संयुक्तरूपमा गरेका छन्। आयोजक संघका अनुसार महोत्सवले स्थानीय व्यापारिक गतिविधि प्रवर्द्धन, सांस्कृतिक परम्पराको संरक्षण तथा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्य लिएको छ।
महोत्सवमा स्थानीय व्यापारी, समाजका अगुवा, जनप्रतिनिधि, पत्रकार, युवा तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहने अपेक्षा गरिएको छ।

							
                

				
																			
																			
																			
																			
																			
																			
