रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा सप्तेश्वरनाथ महादेव मन्दिरमा बोलबम मेला सम्पन्न

[sharethis-inline-buttons]

रामनारायण ठाकुर
धनुषा, भदौ २१ – अनन्त चतुर्दशीको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि धनुषाको सबैला नगरपालिका–९ स्थित श्री सप्तेश्वरनाथ महादेव मन्दिर तथा सप्तऋषि बासस्थान सतोषरधाम ९कुशमाहा० मा भव्य बोलबम मेला सम्पन्न भएको छ।

बिहीबारदेखि नै ‘बोलबम’का जयकारासहित नमिडन्डोट भक्तजनहरूले कमला माई नदी र चारनाथको संगमस्थल बरमझियाबाट जलभरी, पेट र छातीको बलमा नाङ्गो खुट्टै यात्रासहित सतोषरधामतर्फ प्रस्थान गरेका थिए।

शनिबार बिहान करिब ५ बजेदेखि डाकबम र कमरिया भक्तजनहरूले पनि संगमस्थल बरमझियाबाट जलभरी, नाङ्गो खुट्टै यात्रासहित बोलबमको नारा लगाउँदै सतोषरधाम पुगेर श्री सप्तेश्वरनाथ महादेवलाई जल अर्पण गरेका छन्।

यस अवसरमा स्थानीयवासीसहित विभिन्न स्थानबाट आएका करिब ७० हजार श्रद्धालु भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजक समितिका अध्यक्ष सरोज कुमार रायले जानकारी दिनुभयो।

सबैला नगरपालिका–९ का वडा अध्यक्ष मनिष रायले भने, “बोलबम मेलाले हाम्रो संस्कृतिको जगेर्ना मात्र होइन, स्थानीय पर्यटन र आर्थिक गतिविधिलाई समेत बढाएको छ। यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउन हामी निरन्तर प्रयासरत रहनेछौँ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर